कला/मनोरन्जनकलिउड

चलचित्र ‘महाजात्रा’को घोषणा

नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो ।

महाजात्रा

यस अगाडिका शृङ्खलामा रहेका कलाकारसँगै यसपटक हरिवंश आचार्य जोडिनुभएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाजात्रा भएकाले अभिनेता आचार्य जोडिनुभएको हो । अघिल्लो शृङ्खलाको सफलताले हामीमा अझै दायित्व थपिएको छ ।”

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नुहुनेछ । चलचित्रको छायाङ्कन दशैँ लगत्तै हुने र चैत ९ मा प्रदर्शन हुने निर्देशक भट्टराईले जानकारी दिनुभयो । उहाँले छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिनुभयो ।

“हामीले नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले पनि सो प्रदर्शन मिति तय गरेका हौँ । यसै चलचित्रमार्फत मैले निर्देशन यात्रा प्रारम्भ गरेको थिएँ । यसैले गर्दा यो शृङ्खला मेरा लागि खास छ”, निर्देशक भट्टराईले भन्नुभयो । चलचित्रलाई दीपेश खत्रीले निर्माण गर्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.