राजनीति

चीनले लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतीय भूमिमा पारेपछि बालेनले गरे चीन भ्रमण रद्द

देशभन्दा ठूलो अरु केही हुँदैन भन्दै अदालतको आदेश समेत नमान्ने घोषणा गर्नुभएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले चीनले गरेको नेपालको स्वाधिनता बिरोधी कदमलाई कडा जवाफ फर्काउनुभएको छ ।

चीनले केही दिनपहिले जारी गरेको राजनीतिक नक्सामा नेपालको चुच्चे नक्साको साटो पुरानै नक्सा राखेपछि यसको बिरोधमा महानगरप्रमुख बालेनले नैतिकताको आधारमा निर्धातिर चीन भ्रमण रद्द गरेको घोषणा गर्नुभएको छ ।

मेयर बालेनले यसअघि भारतले नेपाली भूमि लिम्बिनीलाई भारतको भनेर संसद भवनमा नक्सा टाँसेपछि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको थियो ।

त्यस्तै हिन्दी चलचित्र आदिपुरुषमा सीता भारतकी छोरी भनेको बिरोधमा सो चलचित्र काठमाडौंमा प्रतिबन्ध लगाउनुभयो भने भारतीय पक्षले अटेर गरेपछि काठमाडौंमा हिन्दी चलचित्र नै प्रतिबद्ध लगाउनुभयो ।

यस बिरुद्ध सर्वोच्च अदालतमा रीट परेपछि अदालतले चलचित्र प्रदर्शनको आदेश दियो । प्रतिउत्तरमा बालेनले देशको स्वाभिमानको सवालमा अदालतको आदेश मानिंदैन भन्दै चुनौति दिनुभयो ।

पछिल्लो समय चीनले उसको नक्सामा २०७७ सालमा नेपालले जारी गरेको चुच्चे नक्सा हटाउँदै लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा पारेपछि बालेनले नैतकताका आधारमा ५ दिने चीन भ्रमणमा नजाने घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.