डेंगु संक्रमणबाट कामपा १६ का वडाध्यक्ष रिजालको निधन
भाइरल वडाध्यक्षका रुपमा चर्चित काठमाडौं महानगरपालिकाका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमण भएपछि भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका रिजालको बिहिबार बिहान निधन भएको हो ।
पाँच दिनअघि अस्पताल भर्ना हुनुभएका रिजालको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उहाँ नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत हुनुहुन्छ ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थीव शरिर अहिले विहान ११ बजे राष्ट्रिय सभागृहमा राखेर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्