जापान

जाइका नेपाल प्रमुखमाथि आक्रमण, जापानले भन्यो नेपाल विदेशीका लागि शान्तिपूर्ण रहेको सन्देश दिनुपर्छ

भदौ २७ गते बुधबार काठमाडौंमा भएको एक बिरोध प्रदर्शनका क्रममा जापानी नियोग जाइका नेपाल कार्यालयका प्रमुखमाथि ढुंगा प्रहार भएको घटनालाई लिएर जापानी दूताबास गम्भीर भएको छ ।

काठमाडौंस्थित जापानी दूताबासले आज बिहिबार एक विज्ञप्ति जारी गरी नेपाली जनताका नाममा एउटा अपील जारी गर्दै नेपाल विदेशीका लागि शान्तिपूर्ण रहेको सन्देश दिन अपल गरेको छ ।

जाइकाका नेपाल कार्यालय प्रमख काठमाडौंमा आफ्नो गाडीबाट गुज्रने क्रममा प्रदर्शनकारीको समूहले ढुंगा प्रहार गर्दा घाइते भएको र गाडीमा पनि क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई लोकतन्त्रको आधारभूत अभिव्यक्ति स्वतन्त्रताको अंग मानिन्छ। तर, जब यो हिंसाको कार्यमा परिणत हुन्छ, त्यो फौजदारी अपराध बाहेक अरू केही हुँदैन भनिएको छ ।

विज्ञप्तिमा जापानले नेपालको लोकतान्त्रिक प्रगति र विकासमा आफ्नो इमान्दार मित्रको रूपमा सहयोग गरेको र त्यस उद्देश्यमा मुख्य भूमिका जाइकाले खेलेको स्पष्ट पार्दै यस घटनामा यसका प्रतिनिधि नै घाइते हुनु अत्यन्तै खेदजनक रहेको भनिएको छ ।

त्यसै गरी नेपाल सरकारले विदेशी पर्यटन तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई प्रवद्र्धन गर्दै आएको छ भए पनि यस्ता घटनाले यो तथ्यको बिरुद्धमा जाने समेत जनाइएको छ ।

दूताबासले उक्त घटनापछि नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटना हुन नदिन सचेत गराएको जनाउँदै नेपाल विदेशीका लागि शान्त र आकर्षक देश बनिरहने विश्वास लिएको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.