सूचना/प्रविधि

इञ्जिनियरिङका २२ विधामा लिइएको लाइसेन्स परीक्षाको नतिजा निराशाजनक

नेपाल इञ्जिनियरिङ परिषद्ले लिएको इञ्जिनियरिङको २२ विधाको लाइसेन्स परीक्षाको नतिजा निकै कमजोर देखिएको छ । परीक्षामा स्वदेशमाभन्दा विदेशमा पढेर आएकाहरु बढी अनुत्तीर्ण भएका छन् ।

यो नतिजाले नेपालमा शिक्षाको गुणस्तर छैन, प्राविधिक क्षेत्रमा उच्च शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई केही हदसम्म हटाउने देखिए पनि नेपालकै अवस्था पनि सन्तोषजनक भने छैन ।

परिषद्ले गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु गरेपछि लिएको इञ्जिनियरिङका २२ विधामा परीक्षा लिएको थियो ।

परिषद्ले गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके ।

त्यतिबेला आवेदन दिएका मध्ये त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका ४६ प्रतिशत, पूर्वाअञ्चल विश्वविद्यालयका २९.९४ प्रतिशत, पोखरा विश्वविद्यालयका ३०.९० प्रतिशत, मध्यपश्चिम विश्वविद्यालयका १७.७ प्रतिशत, काठमाडौँ विश्वविद्यालयका १५.३४ प्रतिशत र सुदूरपश्चिम विश्वविद्यालयका एक जना मात्रै उत्तीर्ण भएका थिए ।

परिषद्ले दोस्रो पटक गत असारमा परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा सहभागी दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण हुन सके ।

स्नातक तहको सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर, अटोमोबाइल लगायत इन्जिनियरिङका २२ वटा विधाका लागि इन्जिनियरहरू लाइसेन्स परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.