राजनीति

अपराधी छाडेको खुसियालीमा भोज खानुभन्दा रोल्पामा ढिंडो खानुमा खुसी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलको सिफारिशमा राष्ट्रपतिले ज्यानमारा अभियोगमा आजीवन काराबास सजाय भोगेका व्यक्तिलाई आममाफी दिएकोमा संसदमा आपत्ति जनाउनुभएको छ ।

उहाले संविधान दिवसका अवसरमा राष्ट्रपति निवासमा आयोजित भोज अपराधी छाडेको खुसियालीमा दिएको जस्तो भयो भन्दै त्यतिबेला आफू रोल्पामा रहेको बताउँदै सो धारणा राख्नुभएको हो ।

लामो समयपछि आइतबार सुरु भएको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संविधान दिवसको अवसरमा आममाफी दिएकोप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताउनुभएको हो ।

त्यसै गरी उहाँले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिनुभएको छ ।

सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाउनुभयो ।

“आयाल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफै गर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.