कर्पोरेट/पर्यटन
पोखरा उडेका यति र श्रीका जहाज काठमाडौं फर्किए
सोमबार विहान काठमाडौंबाट पोखराका लागि उडेका दुई जहाज पोखरामा अवतरण नै नगरी काठमाडौं फर्किएका छन् ।
त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको हो ।
प्रतिक्रिया राख्नुहोस्