कर्पोरेट/पर्यटन

पर्यटक आगमन सहज तुल्याउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले दुवै विभागका महानिर्देशकलाई अलग–अलग भेट गरी कोभिड–१९ महामारीपछि पर्यटन आगमन बढिरहेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन, विमानस्थल र अध्यागमनको सेवालाई प्रभावकारी बनाउन अनुरोध गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङसँगको भेटमा कोभिडपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन र सीमानाकालगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमसहितका विषयमा गहन छलफल भएको सङ्घले जनाएको छ ।

व्यवसायीले राखेका जिज्ञासा तथा सुझावलाई सकारात्मक लिँदै महानिर्देशक तामाङले संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यसै गरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको नेपाल बसाइ सुखद, विश्वसनीय र सुरक्षित बनाउन माग गरेको छ ।

सङ्घबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरुका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरुको स्तर वर्गीकरण मापदण्ड २०७७ मा समेत केही संशोधन प्रस्तुत गरिएको थियो ।

महानिर्देशक बुढाले उक्त सुझावहरुलाई समयसापेक्ष बनाइने र निरन्तर संवाद तथा छलफलमार्फत व्यवसायीका माग सम्बोधन गर्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.