राजनीति
एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित
नेकपा (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । उहाँले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ ।
मंगलबार बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गर्नुभएको थियो ।
यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्