जापान
जापानमा अध्ययनरत नेपाली विद्यार्थीबाट छात्रवृत्ति आव्हान
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले विगतमा झैं त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति आव्हान गरेको छ ।
एनआरएनए जापानले International Human Resource Network Organization Foundation (IHNO) को सहकार्यमा प्रत्येक वर्ष जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेको छ ।
सोही अनुसार यस वर्षको छात्रवृत्तिका लागि यही अक्टोबर १६ देखि नोभेम्बर १५, २०२३ सम्म आवेदन खुला गरिएको छ । विद्यार्थीहरुले तोकिएको समयमै आवेदन पठाउन अनुरोध गरिएको छ ।
एनआरएनए जापानका अनुसार उल्लेखित समय र नियम बिपरित आएको छात्रवृति आबेदन मान्य नहुने भएकाले यो समाचारसंगै रहेको लिंकबाट फाराम डाउनलोड गरेर प्रिन्ट गरी फाराम भरी आफू बसोबास गर्ने ठाउँको नजिकको स्थानमा सबै कागजात पठाउनु पर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्