राजनीति

प्रचण्ड माओवादीको हर्कतबाट लाज पनि लजाउनुपर्ने स्थिति आयो

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाईले कोशी प्रदेशमा विगत १० महिनामा भएको सत्ता खेलले संघीय लोकतान्त्रिक गणतन्त्र बदनाम भएको टिप्पणी गर्नुभएको छ ।

कोशी प्रदेशमा गठबन्धन बाहिरबाट नेपाली कांग्रेसका केदार कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियक्त भएपछि डा. गठबन्धनले दिएको प्रतिक्रियाप्रति उहाँले सो धारणा राख्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उहाँले प्रमुख पुराना दलहरूले गरेको निर्लज्ज कुर्सीको तमासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन जति भूमिका खेलेको छ त्यति यो घोषित व्यवस्थाविरोधीहरूको भूमिकाले पनि पनि नखेलेको बताउउनुभएको छ ।

यसमा कांग्रेस, एमालेको भन्दा प्रचण्ड माओवादीले गरेको हर्कतले लाज पनि लजाउनुपर्ने स्थिति बनेको समेत डा. भट्टराईले उल्लेख गर्नुभएको छ।

उहाँ लेख्नुभुन्छ, “अब संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा निम्ति यिनीहरूसंग वेलावखत सहकार्य गर्न खोज्नु गोरू दुहुनु जस्तै मूर्खतापूर्ण प्रयास भएको र हुनेवारे कुनै शंका रहेन ।”

“अतः विगतका उदारवादी र आदर्शवादी कमजोरी हटाउॅदै दृढतापूर्वक अग्रगामी वैकल्पिक शक्ति निर्माणमा लाग्नु देश र जनताकालागि अपरिहार्य आवस्यकता बनेको सबैले स्वीकारौं !”

“चुनावदेखि चुनाव र सत्तादेखि सत्तासम्मको फोहरी खेल खेलेर कुनै समाजवाद र अझै झन् साम्यवाद त आउँदै आउँदैन भन्ने सबैले वेलैमा बुझून् !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.