राजनीति
सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य
नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगर समितिले आइतबार काठमाडौँमा आयोजना गरेका महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा बोल्दै उहाँले सामाजिक एकतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । “देशमा जात–जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,”– उहाँले भन्नुभयो ।
आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै नेतृ शाक्यले अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनुभयो । समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्