राजनीति

बालुवाटारबाट शुभारम्भ हुनेछ गैरआवासीय नेपाली नागरिकता वितरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्नुहुने भएको छ ।

citizenship

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि मंगलबार बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

भोलिबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनएको० ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.