जन सरोकार

सिराहाका दलित परिवारलाई दशैंको उपहार घर

सिराहाको कर्जन्हा नगरपालका–४ स्थित भुल्केमा दश दलित परिवारले दशैं आगमनसंगै नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।

नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो ।

सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई पालिकाले केन्द्रसँग समन्वय गरी पक्की घर निर्माण गरेको उहाँको भनाइ थियो ।

“नमुना बस्तीकारुपमा विकास गर्ने योजना अनुसार दलित परिवारका लागि पक्की घर बन्दैछन् । पहिलो चरणमा १० परिवारलाई घर हस्तान्तरण गरिएको छ”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “बाँकीका लागि ५५ घर निर्माणको क्रममा छन् । छिट्टै नवनिर्मित घर हस्तान्तरण गरिने छ ।”

आर्थिक रुपमा कमजोर रहेका दलित वर्गको उत्थानका साथै उनीहरुको सहज जीविकोपार्जनका लागि नगरपालिकाले क्रमिक रुपमा कार्य गर्दै आएको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बताउनुभयो ।

यहाँका दलित परिवारले पक्की घर पाएपछि नगरपालिका र संस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै खुसी मनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.