राजनीति

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पुरा गर्नु सांसदको कर्तव्य हो : नेत्री खातुन

नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पुरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस सम्बादमा उहाँले चुनाव प्रसार प्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा सुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयका कोटा–चोटामा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।

नेत्री खातुन

नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसकेतापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिनुभयो । मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय संख्यात्मक संरचनाले तीव्ररुपमा कानून निर्माणमा चूनौति खडा गरेको बताउनुभयो ।

हिउँदे र बर्खे अधिवेशन सकिदाँसम्म जति कानून निर्माण गर्नु पर्ने हो त्यो नभएकोमा आलोचना भइरहेको बताउदै उहाँले जनताका आवाज र कानून निर्माणलाई सवै राजनीतिक दलले साझा एजेण्डा बनाउन पर्ने विचार प्रकट गर्नुभयो । सांसद खातुनले भन्नुभयो, “स्वार्थको राजनीतिककारण एक–अर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने,सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आ–आफनो स्वार्थ रहने परिस्थितिले कानून तर्जूमालाई तिव्रता दिन चूनौति खडा भएको छ ।”

नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुन पर्नेमा सस्तो लोकप्रीयताका लागि नियमापती गर्ने, आरोप– प्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएकोे टिप्पणी गर्नुभयो । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै पार्टी केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुवान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र बन्यजन्तुबीचको द्वन्द प्रमुख समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकै रुपमा छ । पुल आवश्यक छ ।”

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार निवारणका लागि चूनौति खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राख्नुभयो । हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसावले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उहाँले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिनुभयो ।

विचारमा बलियो र निष्ठावान भएपनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिव र जनताको सेवामा समर्पित व्यक्ति अघि बढन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । मुलुकको शिक्षा क्षेत्र र उद्योग धन्दा प्रवद्र्धनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउँदै उहाँले देशभित्रै स्वरोजगार मुखी सवै खाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्य समेत रहनुभएकी सांसद खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाकारुपमा स्थापित रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र साँस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, सँस्कृति र चाड पर्वलाई सम्मान गर्दै सवै समुदायको चाड पर्वमा सबै सहभागी हुने शुभ–कामना आदान प्रदान गरी भाइचाराको सम्वन्ध कायम गरेका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.