अर्ना वियरले कार्तिक १३ गते सोमबारदेखि काठमाडौंमा सुरु हुने टी २० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि प्रत्येक रन, डट बल, मेडन र विकेटका लागि नगद पुरस्कार घोषणा गरेको छ ।
अर्ना वियरले नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
यसै गरी नेपाली चलचित्र ‘दिमाग खराब’ ले विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
आइतबार नेपाल क्रिकेट संघ क्यान र चलचित्र ‘दिमाग खराब’बीच यस सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । यस्तै ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ ।
यस्तै ‘दिमाग खराब’ले कमाएको नाफाको ५ प्रतिशत रकम क्यानलाई उपलब्ध गराउने छ । नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको फिल्मका निर्माता रौनकविक्रम कडेलले बताए ।
टी २० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्