राजनीति

च्यासलमा एमालेको चियापान (तस्वीरहरुसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशैं, तिहार, छठ पर्वको अवसरमा बुधबार पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा, ज्यवसायका संलग्न व्यक्ति सहभागी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई सोफामा बसेर स्वागत गरिरहेका छन् ।

चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.