क्रिकेटखेल

गुल्शन र रोहितको अद्र्धशतक : नेपालले दियो ओमानलाई एकसय ८५ रनको लक्ष्य

काठमाडौंमा जारी आईसीसी टी २० विश्वकप २०२४ एसिया छनोटको फाइनलमा नेपालले ओमानलाई १ सय ८५ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रन बनायो ।

नेपालका तर्फबाट सम्मानजनक स्कोर बनाउने क्रममा कप्तान रोहित पौडेल र अलराउण्डर गुल्शन झाले अद्र्धशतकीय पारी खेले ।

ओपनर आसिफ शेख ६ रनमा आउट भएको खेलमा कुशल भुर्तेलले ३१ रन बनाएर आउट हुँदा क्रिजमा आएका रोहित र गुल्शनले सानदार साझेदारी गरे । गुल्शन २५ बलमा ५४ रन बनाएर आउट भए ।

रोहितले करण केसीसंगको साझेदारीमा ५२ रनको अविजित अद्र्धशतक बनाए भने छैटौं क्रममा आएका करण केसीले आक्रामक ब्याटिङ गरी ६ बलमा २० रन बनाए ।

नेपालका तर्फबाट सन्दीप जोरा १० रनमा आउट हुँदा आक्रामक ब्याट्सम्यान कुशल मल्ल ३ रन र विवेक यादव १ रन बनाएर आउट भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.