साहित्य विकास परिषद् युकेद्वारा विभिन्न क्षेत्रका स्रष्टा सम्मानित (फोटोहरुसहित)
नेपाली साहित्य विकास परिषद् युकेद्वारा नेपाली भाषा, साहित्य र कला तथा कल्याणकारी कार्यमा विशिष्ठ योगदानन पुर्याउने सर्जक तथा समाजसेवीहरुलाई सम्मान गरेको छ ।
परिषद्का पदेन संरक्षक बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले एक समारोहकाबीच उहाँहरुको सम्मानन गर्नुभएको हो ।
वयस्ट लन्डन एक्टनस्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा आचार्यले मानव कल्याणकारी कार्यमा आर्थिक सहयोग गर्ने संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको हो ।
सो अवसरमा उहाँले नेपाली साहित्य विकास परिषदबाट साहित्यिक गतिविधिका अलावा मानव कल्याणका क्षेत्रमा गरिएका परोपकारी कार्यहरूको प्रशंसा गर्नुभयो ।
परोपकारी कार्यमा आर्थिक सहयोग पुर्याउने संस्थाका पदाधिकारीहरूमा डा।राघवप्रसाद धिताल ओबीई, डा।जनककुमारी धिताल, हरिसिँह थापा, खगेन्द्र नेपाली, ध्रुव केसी, मदन थापा, विजय थापा, मनोज अन्जान, ज्ञानेन्द्र राउत , डम्वर सुव्वा, विन्दू सुब्बा, वीरेन्द्र कुँवर, कोमल मल्ल हुनुहुन्थ्यो भने अरू पदाधिकारीहरूलाई आगामी कार्यक्रमहरुमा क्रमशः प्रशंसापत्रबाट सम्मानित गरिने भएको छ ।
विभिन्न समयमा नेपालमा सहयोगको आवश्यक परेका जनसमजलाई परिषद्ले परिषदमा आवद्ध रहेका पदाधिकारीहरूबाट सहयोग जुटाएर आर्थिक सहयोग गर्दै आएको छ । गत महिना मात्र नेपालमा ल्यूकेमिया उपचारका विरामीलाई करीब दुई लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
यसअघि उक्त समारोहमा परिषदका संरक्षक राजदूत आचार्यले नगद लिएमा पच्चीस हजार रूपियाँ धनरासी रहेको एनएलडिसी विशिष्ट सम्मानपत्र पुरस्कार ब्रिगेडियर जनर रत्नबहादुर गोदार र नेपाली चलचित्र क्षेत्रमा विगत चार दशकदेखि अविछिन्न अभिनय कलाद्वारा योगदान पुर्याउनु भएका वरिष्ठ कलाकार लक्ष्मणबिक्रम वस्नेतलाई अभिनन्दनसहित सम्मानित गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्