कला/मनोरन्जनकलिउड
अभिनेत्री दिपाशा बीसीको निधन
अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । २८ वर्षीया बीसीको बिहीबार उपचारको क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति विष सेवन गरेकी उनको अत्यधिक विष सेवनको कारण मृत्यु भएको हो ।
उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङमा सक्रिय थिइन् ।
प्रतिक्रिया राख्नुहोस्