जन सरोकार

पाँच सय दरका २० थान नक्कली नोटसहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२-०३-००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.