जन सरोकार
बाल्टिनमा भरेर राखेको पानीमा डुबेर नौं महिने शिशुको मृत्यु
सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार मालिको बाल्टिनमा भरेर राखेको पानीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्