प्रबास

अनेसास न्यूह्यामसायरको दशौ बार्षिक सभा तथा ११५ औँ देवकोटा जयन्ती सम्पन्न

अनेसास न्यूह्यामसायरको आयोजनामा संस्थाको दशौँ साधारण सभा तथा ११५ औँ देवकोटा जयन्ती एक समारोह बिच रिभरसाइड रोड हुक्सेटमा भव्य रूपमा मनाइएको छ ।

अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, विशिष्ठ अतिथी साहित्यकार महेश पौड्याल रहनु भएको थियो।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्यार्पण र दुबै देशका राष्ट्रिय गानसहित सुरू गरिएको थियो। संस्थाका पूर्व सचिव साहित्यकार रामचन्द्र भण्डारीले महाकविको परिचयात्मक टिप्पणी गर्नु भएको थियो।

संस्थाको प्रतिवेदन (सचिव तथा आर्थिक) पारित गर्दै अर्को चरणको कार्यक्रम निर्वाचन मण्डलका छत्रकुमारी गुरूङ र रामचन्द्र भण्डारीबाट नयॅा कार्य समितिको घोषणा, सपथ तथा प्रमाण पत्र वितरण गरिएको थियो।

नव निर्वाचित समितिमा अध्यक्ष हरिमाया अधिकारी, उपाध्यक्ष राम श्रेष्ठ, महासचिव नन्द शर्मा, कोषाध्यक्ष अन्सु श्रेष्ठ बैध्य र बोर्ड सदस्यहरूमा, निगम रिमाल, तारादेवी न्यौपाने, घनश्याम शर्मा दाहाल र डा पुष्पमान जोशी निर्विरोध निर्वाचित हुनु भएको छ।

त्यसै गरी कवि ईश्वरी भट्टको तेस्रो प्रकाशन “आकाश पारीबाट” र कवि गोपाल भण्डारीको “दोस्रो छन्द कविता संग्रह “ को विमोचन गरिएको थियो। कार्यक्रममा साहित्यकार महेश पौड्याललाई अभिनन्दन गरिनुका साथै उपाध्यक्ष राम श्रेष्ठबाट स्थापित “ मुक्तिनारायण मनमाया स्मृति पुरस्कार” साहित्यकार अनु शाहलाई प्रदान गरिएको थियो।

अभिनन्दित व्यक्तित्व साहित्यकार महेश पौड्यालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यवहारिक र दार्शनिक व्यक्तित्वमाथि चर्चा गर्नु भएको थियो। साथै कार्यक्रमबाट आफू निक्कै पुलकित भएको बताउनु भएको थियो।

पुरस्कृत व्यक्तित्व अनु शाहले अनेसासले गरेको मायाप्रति आभार व्यक्त गर्दै आफ्नो रचना वाचन गर्नु भएको थियो। कवयत्री साहित्यकार दिपा राई पुनले अनेसास न्यूह्याम्पसायरलाई धन्यबाद दिदै रचना वाचन गर्नु भएको थियो।

संस्थाका पूर्व सदस्य, लक्ष्मी प्रतिष्ठानका उपाध्यक्ष कवि बटु न्यौपानेले न्यूह्याम्पसायरलाई आफ्नो दोस्रो घरको संज्ञा दिनु हुदै सबैले मानविय सेवाको भावनाले लक्ष्मी प्रतिष्ठानलाई सहयोग गरीदिनु हुन सविनय अनुरोध गर्दै आफूले गरेका सामाजिक कामको विवरण सुनाउनु भयो।

त्यस्तै डा पुष्पमान जोशी र तारा न्यौपानेहरूले पनि रचना बाचन गर्नु भएको थियो भने पत्रकार सूर्य चन्दले कार्यक्रमबाट आफू खुसी भएको अभिव्यक्ति दिनु भएको थियो।

कार्यक्रमलाई रोचक बनाउन हरिमाया अधिकारी र प्रेमसागर खतिवडाले देउसी भैलो गॅाउनु भएको थियो । त्यस्तै बालीकाहरू आन्या बैध्य, साइनोरा, बिदिशा, दिक्षिता र जुनिपर गुरूड॰ले नृत्य प्रदर्शन गरेका थिए।

कलाकार बालीकाहरूलाइ प्रोत्साहन स्वरूप प्रधान संपादक ईश्वरी भट्टले उपहार प्रदान गर्नु भएको थियो। कार्यक्रमलाइ हौसला दिदै मोहन निरौला, उषा गुरूङ, सूर्य गुरूङ, हितमान गुरूङ, कमलरमैया ढुंगाना, अग्नि पराजुली, शारदामाया भट्ट,सरिता गिरी, कार्य समिति र थुप्रै उपस्थित व्यतिहरूबाट भैलो चन्दा प्रदान गर्नु भएको थियो।

प्रमुख अतिथी केन्द्रीय अध्यक्षले नव निर्वाचित कमिटीलाई बधाइ दिनु हुँदै न्यूह्याम्पसायर च्याप्टरले गरेका कामको चर्चा गर्नुकासाथै आगामी नोभेम्बर १९ मा डीसीमा गरिने देवकोटा जयन्ती र पुरस्कार वितरण कार्यक्रमको जानकारी दिनु हुँदै कार्यक्रममा सहभागिताकोलागि अनुरोध गर्नु भएको थियो।

अन्तमा सभापति हरिमाया अधिकारीले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो। उक्त कार्यक्रम संस्थाका सचिव तथा नव निर्वाचित महासचिव नन्द शर्माले सन्चालन गर्नु भएको थियो।

नवनिर्वाचित समितिको प्रथम बैठकले ईश्वरी भट्टलाई प्रधान सम्पादन नियुक्त गर्नुका साथै निर्वाचन समितिलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.