जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, लिम्चुङबुङ गाउँपालिका-१ बाँस्बोटे बस्ने २५ वर्षीय टबिन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्