जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, बारबर्दिया नगरपालिका-८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्