क्रिकेटखेल

एकदिवसीय विश्वकप फाइनल : भारतद्वारा अस्ट्रेलियालाई जितको लागि २४१ रनको लक्ष्य   

एकदिवसीय विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रनमा समेटिएको हो ।

एकदिवसीय विश्वकप फाइनल

भारतको लागि केएल राहुलले १०७ बलमा एक चौकको मद्दतमा ६६ र विराट कोहलीले ६३ बलमा चार चौकाको मद्धतमा ५४ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ४८ रन बनाए ।  भारतका लागि कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

त्यस्तै सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने जश हेजलउड र कप्तान प्याट कमिन्सले समान २-२ विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.