जापान

मलेसियामा बसेर जापानीहरुमाथि ठगी : सातजना पक्राउ

मलेसियमा बसेर जापानी नागरिकलाई लक्षित गरी फोन घोटाला सञ्चालन गरेको आशंकामा मलेसियाको प्रहरीले सातजना जापानीलाई पक्राउ गरेको छ।

मलेसियन प्रहरीले सोमबार क्वालालम्पुरको एक कन्डोमिनियममा छापा मारेर २३ देखि ४१ वर्षका सातजना पुरुषहरूलाई पक्राउ गरेको हो ।

घोटालामा संलग्न रहेको आशंकाको सूचना जापानी दूतावासबाट पाएपछि प्रहरीले उनीहरुको अपार्टमेन्टमा छापा मारेर फोन र अन्य सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई तत्कालै अध्यागमन कानून उल्लङ्घन गरेको अभियोग लगाइएको छ ।

वाणिज्य अपराध अनुसन्धान विभागका प्रमुख रामली मोहम्मद युसुफले अनुसन्धानबाट उनीहरुले फोन घोटाला चलाएको पत्ता लगाएको जानकारी दिएका छन् । उनीहरुले जापानी नागरिकहरूलाई लक्षित गर्दै स्काइप कलहरू र सन्देश अनुप्रयोगहरू प्रयोग गरेर पीडितहरूलाई सम्पर्क गरेका थिए ।

घोटालामा संलग्नहरूले कथित रूपमा बैंकिङ कर्मचारी भएको भन्दै पीडितहरूलाई उनीहरूको खातामा समस्या भएको बताउँदै उनीहरूलाई ठगीकर्ताहरूले उपलब्ध गराएको अर्को खातामा रकम स्थानान्तरण गर्न लगाएका थिए ।

संदिग्धहरुलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । हालसालै दक्षिणपूर्वी एशियाका अन्य भागहरूमा पानी जापानी नागरिकहरू संलग्न अपराधको सूचना आएको थियो ।

यस महिनाको सुरुमा, जापान प्रहरीले कम्बोडियाबाट निर्वासन पछि नोम पेन्हबाट फोन घोटाला चलाएको आशंकामा २५ जापानीलाई पक्राउ गरेको थियो ।

यसै महिना बैंककमा पनि दुई जापानी नागरिकलाई पनि यस्तै घोटाला चलाएको आरोपमा थाईल्याण्ड प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.