साहित्य
रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठी
रमेश विकल साहित्य प्रतिष्ठान आरुबारीले रमेश विकल वाङ्मय सहित यस वर्ष (२०८०)मा प्रदान गरिने विभिन्न पुरस्स्कारहरुको घोषणा गरेको छ ।
प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार २०८० प्रा.डा वासुदेव त्रिपाठीलाई र रमेश विकल(सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई अर्पण गर्ने निर्णय गरेको छ ।
यसै गरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले रौतहट, रमेश विकल बालसाहित्य पुरस्कार रामबाबु सुवेदी कास्की, रमेश विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का दैलेख र रमेश विकल कला-सङ्गीत पुरस्कार सुवास गजुरेल, धनुषालाई प्रदान गरिने छ ।
घोषित पुरस्कारहरु आगामी पुस ७ गते काठमाडौंको आरुबारीमा आयोजना हुने १५ औं रमेश विकल स्मृति सभाका अवसरमा अर्पण गरिनेछ ।
प्रतिक्रिया राख्नुहोस्