प्रदेशबागमती

सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउन प्रदेश प्रमुख शर्माको आग्रह

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्ररूपमा काम गरेर देशको प्रशासनिक पद्धतिलाई जोगाउने काम गरेको बताउनुभएको छ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा

मङ्गलबार हेटौँडामा आयोजित बागमती प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले आयोगमा पनि केही समस्या भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

लम्बिदो सङ्क्रमणले समस्या सृजना हुनसक्ने बताउँदै प्रदेश प्रमुख शर्माले राजनीतिक दललाई समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगबाट सम्पादन भएका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.