राजनीति

प्रहरीद्वारा दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेका पाँच जना पक्राउ 

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जनालाई पक्राउ गरेको हो ।

खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

त्यस्तै सुन्धाराबाट एक जना र थापाथलीबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही र आवास खड्का रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.