विश्व समाचार

अमेरिकी शिशुको खानामा अझै पनि न्यून मात्रामा कीटनाशक तत्व भेटिएको दावी

संयुक्त राज्य अमेरिकामा बच्चाको खानामा अझै पनि सम्भावित हानिकारक कीटनाशक तत्वहरू भेटिने गरेको दावी गर्दै यो ३० वर्ष पहिलेको तुलनामा अत्यन्त कम मात्रामा रहेको एक गैर–नाफामुलक अमेरिकी पर्यावरण समूहले गरेको एक नयाँ अध्ययनले देखाएको छ ।

वातावरणीय कार्य दल (ईडब्लुजी) ले नोभेम्बरको मध्यमा सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा संयुक्त राज्य अमेरिकामा परम्परागत वा गैर–जैविक, बच्चाको खानामा विषाक्त कीटनाशकहरू रहेको पाइएको उल्लेख गरेको छ ।

“अध्ययन गरिएका ५८ परम्परागत शिशु खाद्यपदार्थमध्ये २२ मा कम्तीमा एउटा कीटनाशक अवशेष भेटिएको छ,” ईडब्लुजीले दावी गरेको छ ।

“विशेष गरी शिशुहरू र साना केटाकेटीहरू कृषि कीटनाशकहरूको अवशेष भएको खाना खाँदा स्वास्थ्यमा हुने सम्भावित हानिहरूको चपेटामा पर्छन् ,” ईडब्लुजीले भनेको छ ।

गैर–नाफामुलक संस्थाले संयुक्त राज्य अमेरिकाका तीन लोकप्रिय ब्रान्डहरू बीच–नट, गेरबर र पेरेन्ट्स च्वाइसका उत्पादनहरूको परीक्षण गरेको बताएको छ । ईडब्लुजीका अनुसार सन् १९९५ मा गरिएको यस्तै अध्ययनको तुलनामा शिशुको खानामा कीटनाशकको मात्रा घट्दै गएको छ ।

ईडब्ल्यूजीका अनुसार सन् १९९५ मा गरिएको एक अध्ययनमा ‘नमूना लिएका ७२ वटा शिशु खाद्य पदार्थमध्ये ५३ प्रतिशतमा कम्तीमा एउटा कीटनाशकको अवशेष थियो’ र फेला परेका कीटनाशकहरू पछिल्लो परीक्षणले पत्ता लगाएका कीटनाशकहरूभन्दा धेरै विषाक्त र खतरनाक थिए ।

मस्तिष्कमा क्षति पुर्याउने बग किलर क्लोरपाइरिफोस नामक एउटा विषाक्त कीटनाशक अब बच्चाको खानामा नपाइने ईडब्लुजीले उल्लेख गरेको छ ।

क्लोरपाइरिफोसको निकै थोरै मात्राले पनि शिशु र बालबालिकाको स्वास्थ्यलाई स्थायी रूपमा क्षति पुर्याउन सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.