जन सरोकार
बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
रूपन्देही, मायादेवी गाउँपालिका-४ सेमरीमा यूपी ५६ एटी ६७२६ नम्बरको बसले लु।५३ प ५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका-९ बस्ने ३० वर्षीय बिशाल शर्माको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्