क्रिकेटखेल

यू–१९ एसिया कप : पाकिस्तानबिरुद्ध ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमिरेट्समा आजदेखि सुरु भएको यू १९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन् । दुर्बमा सुरु खेलमा नेपालले पाकिस्तानसँग टस हारेर ब्याटिङ गरिरहेको छ ।

यूएई आईसीसी एकेडेमी ओभल २ मा पाकिस्तान यू–१९ टिमका कप्तान साद बैगले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।  नेपालले आईसीसी यू १९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।

नेपालको प्लेइङ ११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलक राज भण्डारी, आकाश त्रिपाठी, विपिन रावल, दिपेश कँडेल, विशाल विक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा र उत्तम रङ्गु थापा मगर

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.