राजनीति
एनलेस शेयर विक्री छानबिन समितिले सुरु गर्यो काम
सरकारले गठन दूरसंचार सेवा कम्पनी एनसेलको शेयर खरीद विक्री प्रकरणको छानबिन गर्न गठन गरिएको अध्ययन तथा छानबिन समितिले काम थालेको छ।
यही मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो।
समितिले नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्नेछ। समितिले सरोकारवाला सङ्घ, संस्था, सम्बन्धित विषयका विज्ञसँग आवश्यक छलफल गर्ने संयोजक संयोजक टङ्कमणि शर्माको भनाइ छ।
समितिले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी तथ्यपरक जानकारी भए प्रमाणसहित पठाउन इमेल ठेगानासमेत दिएको छ। समितिले आइतबारबाट औपचारिक रूपमा काम थालेको हो ।
प्रतिक्रिया राख्नुहोस्