जापान

जापानकी जेष्ठ नागरिक एकसय १६ वर्षीय ताचुमी फुसाको निधन

जापानकी जेष्ठ नागरिक ताचुमी फुसाको निधन भएको छ । १ सय १६ वर्षीय फुसाको मंगलबार बिहान निधन भएको जापानी संचार माध्यम एनएचकेले जनाएको छ ।

ताचुमी फुसाको निधन

अप्रिल २५ सन १९०७ मा ओसाका प्रान्तको काशिवारा नगरमा जन्मिएकी फुसा जापानकै सबैभन्दा वृद्ध नगरिकको रुपमा रहेकी थिइन् ।

काशिवारा शहरको ज्येष्ठ नागरिक आवास गृहमा बस्दै आएकी फुसा गत वर्ष (सन २०२२) अप्रिलदेखि जापानको सबैभन्दा वृद्ध व्यक्तिका रुपमा रहेकी थिइन । त्यस्तै उनको परिवारले गत अप्रिलमा उनको जन्मदिनका अवसरमा एक समारोह आयोजना गरी दीर्घायुको कामना गरेको थियो ।

गत सेप्टेम्बरमा ओसाकाका गभर्नर योशिमुरा लगायतका उच्च पदस्थ व्यक्तिहरुले उनी बसेको नर्सिङ होमको भ्रमण गरेका थिए ।

वृद्ध दिवसका अवसरमा भएको सो भ्रमणमा फुसालाई सम्मान गर्नु अघि, व्हीलचेयरमा राखेर सहभागी गराइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.