राजनीति

अर्को व्यवस्था नभएसम्म पाण्डेयलाई महासचिवको जिम्मेवारी

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोक्नुभएको छ ।

महासचिव डा भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोक्नुभएको संसद् सचिवालयले जनाएको छ ।

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण हासचिवको जिम्मेवारी तोक्नुपरेको हो । हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.