अर्थ

आर्थिक मन्दीको असर औद्योगिक क्षेत्रमा, पर्साका एकसय ७७ उद्योग बन्द

आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ उद्योग बन्द भएका छन् । आव २०७८/७९ मा पर्सामा १ सय ५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।

रेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ उद्योगले लगत कट्टा गराएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४ सय ८० उद्योग दर्ता भएका थिए ।

आव २०७९/८० मा एक हजार २ सय ७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो । उक्त आवमा चार हजार ४ सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.