राजनीति
पहिलोपटक परराष्ट्र सचिवको जिम्मेवारी महिलालाई
नेपालको परराष्ट्र सेवामाा पहिलोपटक महिलालाई सचिवमा नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले वरिष्ठ सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्