विश्व समाचार
युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारी : रुसी राष्ट्रपति
युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ ।
‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्