खेलफूटबल

नेपाल सुपर लिग : एफसी चितवनलाई पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लियो

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

धनगढी शीर्ष स्थानमा उक्लियो

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो । उनले रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।

जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ । त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ । चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ । उक्त लिगअन्तर्गत आज साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.