जन सरोकार

दुर्घटनामा स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट भक्तपुर, मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ ।

बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शनिबार विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.