राजनीति

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषदको सिफारिशमा संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको हो ।

न्यायाधीशमा नियुक्ति पाउनु हुनेहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.