विश्व समाचार

गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपतिको प्रतिबद्धता

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै उहाँले इजरायल र हमासबीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गर्नु भएको छ ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताउनु भएको छ ।

यसैबीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले “रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान” चाहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.