मुलुकमा कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावकको खाँचो छ
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताउनुभएको छ ।
![Sekharr Koirala](https://www.nepaljapan.com/wp-content/uploads/2023/02/Sekharr-Koirala-e1676959387169.jpg)
आइतबार कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीका अवसरमा नेकां मोरङद्वारा आयोजित विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा डा. कोइरालाले मुलुकमा देखिरहेको सङ्कट समाधान र समृद्धिका लागि नेता भट्टराईजस्तो असल अभिभावक खोजिरहेको विचार व्यक्त गर्नुभएको हो ।
नेता डा कोइरालाले भ्रष्टाचारलाई शून्य सहनशीलता कायम गरी राजनीतिक स्थायित्व र सुशासनका निम्ति सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, नेकांका केन्द्रीय सदस्य अमृत अर्याल, गोपाल राजभण्डारी, वसन्त भट्टराई, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी तथा सचिव मोदराज घिमिरे लगायतले प्रजातन्त्र स्थापनाका लागि स्व भट्टराईले गर्नुभएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्