जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँसहित देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका-१३ बाफल सोल्टी दोवाटो बस्ने ५५ वर्षीय रबिन ताम्राकारको घरमा रहेको अटो सेन्टरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा विद्युतीय गाडीको ८ वटा ब्याट्रीहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोटस्थित सडकमा बेष्ट मण्टेश्वरी बोर्डिङ स्कुलको बा.३ च ६४२२ नम्बरको सुजुकी मारूती भ्यानमा सोमबार दिउँसो आगलागी हुँदा भ्यान पूर्णरूपमा जलेर नष्ट भएको छ । त्यस्तै बाजुरा, त्रिवेणी नगरपालिका-५ किम्नी बस्ने राम बहादुर बुढाको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब १८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका-४ सिम्राहा बस्ने सेबु मण्डलको घर नजिकै बालेको घुरबाट आगो फैलिएर मण्डल समेत ४ जनाको २ वटा घर पूर्णरूपमा र २ वटा घर आंशिकरूपमा जलेर करिब ४ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता उदयपुर, बेलका नगरपालिका-८ डुम्रिबोटे बस्ने बिसु राज राईको बाख्राको खोरमा सोमबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.