विश्व समाचार
दूताबास नजिक बिस्फोटपछि इजरायलले जारी गर्यो ट्राभल एडभाइजरी
भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको छ । इजरायलले सो बिस्फोट आतंकवादी हमला हुनसक्ने आशंका व्यक्त गरेको छ ।
बिस्फोटपछि इजरायली राष्ट्रिय सुरक्षा परिषदले भारतमा रहेका आफ्ना नागरिकहरुलाई सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ ।
इजरायली राष्ट्रिय सुरक्षा परिषदले आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान तथा रेष्टुरेन्ट, होटल, पब, सपिङ मल लगायतका स्थानमा जाँदा सतर्क रहन आग्रह गरेको छ ।
त्यसै गरी सार्वजनिक स्थानहरुमा आफू इजरायली नागरिक भएको पहिचान नखुलाउन र सामाजिक सन्जालहरुमा आफ्नो यात्राबारे उल्लेख नगर्न सचेत गरिएको छ ।
मंगलबार राति दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको थियो । भारतीय समय अनुसार मंगलबार बेलुका पौने ६ बजेतिर विष्फोट भए पनि कोही पनि हताहती भएका छैनन् ।
प्रतिक्रिया राख्नुहोस्