राजनीति
बागमती प्रदेशबाट राष्ट्रियसभामा चलचित्रकर्मी नीर शाह सिफारिस
वरिष्ठ चलचित्र निर्देशक, अभिनेता तथा गीतकार नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेशले राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिश गरेको छ ।
बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नेपाली कांग्रेसले मंगलबारसम्म ९० जनाले नाम टिपाएकामा बुधबार शाहले नाम टिपाउनुभएको हो ।
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ । कांग्रेस बागमती प्रदेशबाट शाहसहित ९१ जनाको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया राख्नुहोस्