क्रिकेटखेल

सन् २०२३ : क्रिकेटमा नेपालको चमत्कार र विश्व कीर्तिमान

सन् २०२३ नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र उपलब्धिपूर्ण रह्यो । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिगका ३६ खेलमध्ये अन्तिम १२ खेलमा ११ खेल जित्नैपर्ने दबाबमा रहेको नेपाल कसरी जिम्बाब्वेमा सम्पन्न आइसिसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा छनोट भयो भन्ने कथा निकै रोचक छ ।

लगातार खेल हारेर अङ्क तालिकाको पुछारतिर पुगेको नेपालको आशा गुमिसकेको अवस्थाबाट कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीलाई जिम्बाब्वेसम्म पुर्याउन सफल भए ।

प्रतियोगिताको अन्तिम खेलमा युएईले प्रस्तुत गरेको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आसिफ शेख र गुलसन झाको अर्धशतकीय पारीमा डक वर्थ लुइस पद्धतिका आधारमा नौ रनले विजयी हुँदै जिम्बाब्वेको यात्रा तय गर्यो ।

गत वर्ष अर्को प्रतियोगितामा नेपालले युएईलाई पराजित गर्दै इतिहासमा दोस्रो पटक एसिया कपका लागि छनोट भई भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्ने मौका प्राप्त ग¥यो ।

तर, वर्षको अन्त्यतिर क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि भने क्रिकेट समर्थकमा केही निराशा छायो ।

कीर्तिमानले भरिएको नेपालको खेल

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत भएको नेपाल र मङ्गोलियाबीचको टी–२० खेलमा नेपालको पारी कीर्तिमानले भरियो ।

निर्धारित २० ओभरमा तीन सय १४ रन बनायो । त्यति मात्रै होइन, दुई सय ७३ रनले मङ्गोलियालाई पराजित गर्यो । यो पनि नयाँ कीर्तिमान थियो ।

सोही खेलमा कुशल मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ३४ बलमा शतक प्रहार गर्दै छिटो शतक प्रहार गर्ने खेलाडी बने । मल्ल टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कम उमेरमा शतक प्रहार गर्ने खेलाडी पनि बने ।

मल्लपछि दीपेन्द्र सिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नौ बलमै अर्धशतक पूरा गरे । साथै पाँच सय २० को स्ट्राइक रेटमा रन बनाउने उनी पहिलो खेलाडी पनि बने ।

ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाईले बनाएको कीर्तिमान बराबरी गरे । साथै नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्का पनि कुनै एउटै पारीमा एउटा टोलीले प्रहार गरेको छक्कामा कीर्तिमान थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.