क्रिकेटखेल

भारतले शून्य रनमा ६ विकेट गुमाएपछि…

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले ११ बलमा ६ विकेट शुन्य रनमा गुमाएको थियो । यो अवधिमा टोलीले एक रन बनाउन सकेन ।

टोलीले १५३ रनको स्कोरमा ४ विकेट गुमाएको थियो, र एक रन नजोडी भारतले बाँकी विकेट गुमाउदै अलआउट भयो । टोलीले ३३ र ३४ औं ओभरमा समान ३–३ विकेट गुमाएको थियो ।

भारतीय टोली अन्तर्राष्ट्रिय क्रिकेटमा बिना रन नै ६ विकेट गुमाउने पहिलो टिम बनेको छ । भारतअघि सन् १९४६ मा अष्ट्रेलियाविरुद्धको टेस्टमा न्युजिल्यान्डले बिना कुनै रन ५ विकेट गुमाएको थियो । यसअघि पनि बिना रन नै ५ विकेट झर्ने कीर्तिमान बनेको थियो तर ६ विकेट झर्ने कीर्तिमान यो पहिलो पटक हो ।

योसंगै भारत र दक्षिण अफ्रिकाबीचकको दोस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । दक्षिण अफ्रिकालाई पहिलो इनिङ्समा ५५ रनमा अलआउट भएको थियो भने भारत १ सय ५३ रनमा आलआउट हुन पुगेको थियो । दक्षिण अफ्रिकाको लागि कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । भारतका लागि विराट कोहलीले सर्वाधिक ४६ रन बनाए भने कप्तान रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन जोड्दा छ खेलाडी शून्य रनमा आउट भएका थिए ।

यता ५५ रनमा अलाउत भएको दक्षिण अफ्रिकाको लागि कयल वेर्रेय्न्नेले १५ र डेभिड बेदिङ्गमले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक रन जोड्न सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेतमा मोहमद सिराजले ६ विकेट लिए मुकेश कुमार र जस्प्रित बुम्राहको भागमा समान २-२ विकेट रह्यो ।

त्यस्तै दोस्रो इनिङ्समा पनि दक्षिण अफ्रिकाले खराब सुरुवात गर्दै १७ ओभरमा ६२ रनमा तीन विकेट गुमाइसकेको छ ।

दक्षिण अफ्रिकामा दोस्रो पटक एकै दिन २३ विकेट खस्यो
दोस्रो टेस्टको पहिलो दिन कुल २३ विकेट खसेको छ । दक्षिण अफ्रिकाले २ इनिङ्समा १३ विकेट गुमाएको थियो भने भारत एक इनिङ्समा १० विकेट गुमाएको थियो । योसँगै दक्षिण अफ्रिकामा एकै दिनमा सबैभन्दा धेरै विकेट झर्ने कीर्तिमान बराबर भएको छ । यसअघि सन् २०११ मा केप टाउनको सोही मैदानमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेलमा २३ विकेट खसेको थियो ।

एकै दिनमा धेरै विकेट झर्ने कीर्तिमान सन् १८८८ मा बनेको थियो । त्यसपछि लण्डनको लर्ड्स मैदानमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको टेष्टको पहिलो दिन कुल २७ विकेट खसेको थियो । टेष्टको एक दिनमा २५ विकेट एक पटक र २४ विकेट दुई पटक झरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.