राजनीति

सरकार र प्रमुख दलहरुले राम्रो गर्न सकेनन्

प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेशिनुमा सरकार र प्रमुख पार्टीहरुले राम्रो काम नगर्नु कारण रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले सरकार र दलहरुले राम्रो काम नगरे पनि यो अवस्थाको कोर्स करेक्सन हुने आशा गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने धारणा राख्दै राम्रो गर्नुपर्ने मा त्यही गर्न नसकिरहेको बताउनुभयो ।

तत्काल राम्रो नदेखिए पनि मुलुक एउटा बाटोमा रहेको र संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको हुँदा कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौं भन्नुभयो।

डा. यादवले अब पछि फर्किएर हेर्ने समय नभएकाले निकै गम्भीर भएर नेपालको अस्तित्व जोगाउँदै आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ त्यसमा लाग्न आव्हान पनि गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.